जापानमा गायक कटुवालको वाई वाई (फोटो फिचर)

भदौ, काठमाडौं । तीज गीतबाट अझ बढी चर्चामा आएका गायक हुन् प्रकाश कटुवाल । प्रकाशका गीत बजारमा आईसकेपछि प्राय बिवादमा पर्ने गर्दछन् यो तीज भन्दा अघि बजारमा आएको ढाडे बिरालो बालेको गीत पनि अत्यधिक विवादमा आएको थियो र त्यस भन्दा अघि कनाईदेऊ न बाई पनि केहि विवादमै परेको गीत हो । त्यस्तै यसबर्ष पनि उनले वाई पिस लाएर हिड्यौ भने बिच बाटो मै खोल्दिन्छु भन्ने तीज गीत बजारमा ल्याएका छन् ।

prakash katuwall in japan programविवाद सँगै चर्चामा आएका गायक प्रकाश यतिखेर देश बिदेशमा कार्यक्रमकै शिलशिलामा ब्यस्त छन् । स्टेजमा उत्कृष्ट पर्फमान्स दिन सिपालु प्रकाश यतिखेर जापानका बिभिन्न शहरमा भएका कार्यक्रममा ब्यस्त छन् । अघिल्लो साता जापानको टोक्यो गएका प्रकाश यतिखेर जापानको बिभिन्न शहरमा भएका ७ वटा कार्यक्रम सम्पन्न गरीसकेका छन् ।

prakash katuwal in japan programजापानको सेन्डाईबाट उनले कार्यक्रम शुरु गरे पनि अहिले सम्म ७ वटा कार्यक्रममा प्रस्तुती दिइसकेका छन् । गायक कटुवालसँग भएको टेलिफोन वार्तामा नेपालमा उनी २७ तारिखमा आउने बुझिएको छ ।
prakash katuwal in japan program

prakash katuwal in japan program

prakash katuwal in japan programprakash katuwal in japan program

तस्बिरः प्रकाश कटुवाल बाट

Comments

अरु समाचारहरु