नेपाली नायिकाहरु कस्ता कस्ता भएर आए एल.जी. फिल्म अवार्डमा (फोटो फिचर)

भदौ, काठमाडौं । यतिखेर नेपाली फिल्मक्षेत्रको अवार्डको सिजन चलिरहेको छ । बिभिन्न संघसंस्थाको आयोजनामा बर्षमा थुप्रै अवार्ड कार्यक्रमहरु हुने गरेका छन् । यसैबिच बुधबार (भदौ २२ गते) पनि सिने सर्कलको आयोजनामा एल.जी. अवार्ड सम्पन्न भयो । बिभिन्न २६ बिधामा दिइएको अवार्डमा केहि पृथक बिधाको अवार्ड पनि दिइएको थियो । यसैक्रममा बिभिन्न फिल्मकर्मिहरु अवार्ड कार्यक्रममा उपस्थित थिए ।

nepali-actress-priyanka-karki-puja-sharma-karishma-manandhar-swostika-khadkaप्राय अवार्ड कार्यक्रममा बिशेष गेटअपका साथ उपस्थित हुने नेपाली नायक तथा नायिकाहरु पनि एल.जी. फिल्म अवार्डमा पनि नेपाली नायिकाहरु निकै सुन्दरी बनेर गएका थिए । हामी यहाँ एल.जी फिल्म अवार्डमा देखिएका केहि नायिकाहरुका तस्बिर देखाउँदै छौं ।
namrata-shrestha-nepali-actress

नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठ अवार्ड कार्यक्रममा निकै सन्दरी देखिन्थिन् । कालो पहिरनमा सजिएर गएकी नम्रताले सबैको ध्यान आँफुतिर खिच्ने बनाएकी थिइन् । साथै उनले अवार्डमा बर्षको उत्कृष्ट नायिकाको रुपमा अवार्ड समेत थापिन् ।

priyanka-karki-nepali-actress

प्रियंका कार्की
पँहेलो आकर्षक पहिरनमा अवार्ड कार्यक्रममा गएकी प्रियंका पनि निकै सुन्दरी देखिएकी थिइन् । उत्कृष्ट अभिनेताको अवार्ड पाएका दयाहांगको अनुपस्थितीमा अवार्ड लिइदिनका लागी प्रियंका स्टेजमा जाँदा दर्शकले उनलाई देखेर निकै ताली दिएका थिए ।

puja-sharma-nepali-actress

पुजा शर्मा
नायिका पुजा शर्मा कालो पहिरनमा सजिएकी थिइन् । अन्य अवार्डमा भन्दा फरक पहिरनमा गएकी पुजालाई कतिपयले हलिउड शैलीमा पुजा भनेको पनि सुनिएको थियो । पुजाले पनि नायक प्रदिप खड्कासँगको उत्कृष्ट कपल अफ द इअरमा अवार्ड थापिन् ।

harsika shrestha nepali actress

हर्सिका श्रेष्ठ
नायिका हर्सिका श्रेष्ठ जब आफ्ना पतिसँग हात समाएर अवार्ड कार्यक्रममा देखिइन् सबै पत्रकारका क्यामेरा उनी तिर खिचिएका थिए । आकर्षक सारीमा आएकी हर्षिकाको पुतलीको ट्याटुमा सबैको ध्यान गएको देखिन्थ्यो । साथै हर्षिकाले ट्याटुको फोटो खिच्नका लागी पत्रकारहरुलाई मज्जाको पोज पनि दिएकी थिइन् ।

karishma-manandhar-nepali-actress

करिश्मा मानन्धर
नायिका करिश्मा मानन्धर पनि निकै ब्युटिफुल भएर अवार्ड कार्यक्रममा गएकी थिइन् । सदाबहार नायिकाको रुपमा चिनिएकी करिश्माले पनि अवार्ड कार्यक्रममा निकै सुन्दर गिफ्ट प्रदान गरीएको थियो ।

sanchita-luitel-nepali-actress

सञ्चिता लुइटेल
नायिका सञ्चिता लुईटेल पनि निकै राम्री देखिएकी थिइन् । सञ्चिता उत्कृष्ट कपल अफ द इअरको अवार्ड प्रदान गर्नका लागी स्टेजमा गएकी थिइन् ।

swostika-khadka-nepali-actressस्वयता खड्का
नायिका स्वयता खड्का पनि रातो पहिरनमा निकै सुन्दरी देखिएकी थिइन् । मन्द मुस्कानमा क्यामेरा लुक्स गरेकी स्वयताले फेमस गीतको अवार्ड दिनका लागी स्टेज गएकी थिइन् ।

sushma karki nepali actress

सुष्मा कार्की
रातो पहिरनमा अवार्ड कार्यक्रममा गएकी नायिका सुष्मा कार्कीको हेअर स्टाइल केहि बिशेष देखिन्थ्यो । कार्यक्रममा सुष्माको बिशेष नृत्य समेत रहेको थियो ।

तस्बिरः गोपिकृष्ण/आर्टिस्ट खबर

Comments

अरु समाचारहरु