गायक सुनील बर्देवाको पार्थिव शरिरमा अन्तिम श्रृद्धाञ्जली (फोटो फोचर)

भदौ, काठमाडौं । बिगत डेढ दशक देखी गीत संगीतमै लागीरहेका गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार साँझ निधन भयो । मुखबाट एक्कासी रगत बगेपछि त्रिभुवन शिक्षण अस्पताल महराजगंज लगेपछि उपचारको क्रममा सुनीलको निधन भएको हो ।

singer himal sagar in Pragya vawan with sunil bardewa४४ बर्षिय सुनीलको बुधबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रृद्धाञ्जलीका लागी पार्थिक शरीर राखिएको थियो । उनको पार्थिव शरीरमा श्रृद्धाञ्जली दिनका लागी सयौं सर्जक तथा सर्वसाधारणको घुँइचो लागेको थियो । साथै उनको अन्येष्टि पनि आजै पशुपति आर्यघाटमा गरीने जनाइएको छ ।

singer-sunil-bardewa-death-8श्रृद्धाञ्जली दिनका लागी गीत संगीत क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको छ । श्रृद्धाञ्जली दिनका लागी गायक राजेश पाएल राई, हेमन्त शर्मा, हिमाल सागर, कर्ण दास, नविन के भट्टराई, बादल प्रसाई, रामचन्द्र काफ्ले, साथै गायक तथा संगीतकार राजराज सिवाकोटी, टिका भण्डारी, बसन्त सापकोटा, लक्ष्मण सेस, राजेश हमाल, तिलक बम मल्ल, सुरेश अधिकारी, कलाकार हरिवंश आचार्य लगायतका श्रृष्टाहरु उपस्थिती थिए ।

singer-sunil-bardewa-death-8सन् २००७ मा ‘गोरेटो अनि उस्तै छ गल्ली’ गीतबाट गायकको रुपमा स्थापित भएका सुनलले हजार भन्दा बढी गीतहरु एरेन्ज गरेका छन् । २ छोरा र १ छोरीका बुबा सुनीलको श्रीमतीको १ बर्ष अघि नै निधन भएको थियो ।
singer-sunil-bardewa-death-8

sunil bardewa's Daughters

singer-sunil-bardewa-death-4

singer-sunil-bardewa-death-4

Rajesh Paya rai in Sunil Bardewa Sympyathi

singer himal sagar in Pragya vawan with sunil bardewa

asta lama with sunil bardewa

sunil bardewa's son and daughters

तस्बिरः गोपिकृष्ण/आर्टिस्ट खबर

Comments

अरु समाचारहरु