प्रियंका कार्की र देबि घर्ती लगायतका आर्टिस्टले ‘फ्रेण्डशिप धमाका १६ मलेसिया’ मा धमाका मच्चाउने

पुस, मलेसिया । मलेसियामा यसबर्ष पनि ‘फ्रेण्डशिप धमाका’ हुनेभएको छ । फ्रेण्डशिप धमाकाको यो १६ औं संस्करण हो । मलेसियाको बिभिन्न ठाउँमा हुने यस साँस्कृतिक कार्यक्रममा नेपालबाट चर्चित नायिका प्रियंका कार्की र चर्चित गायिका देवी घर्ति लगायतका आर्टिस्टहरु आउने भएका छन् ।
friendship-dhakama-16-malaysiaयसपटक पनि सबैबिधाका आर्टिस्टहरुलाई कार्यक्रममा समेट्ने आयोजकले बताएको छ । कार्यक्रमका डाइरेक्टर कृष्ण पुलामी आर्टिस्ट खबरलाई बताए अनुसार यसपटक प्रियंका कार्की, देवि घर्तिसँगै हाँस्यकलाकार पल्पसा डंगोल (चम्सुरी), पप गायक आर. के खत्री, दृश्य बिहिन गायक प्रकाश तिमिल्सिना, बाल गायिका मनिशा थापाको बिशेष प्रस्तुती रहनेछ ।

-

कार्यक्रम २७ जनवरी श्री मुडा २५ साहाआलम मा, एम बि बि एस देवन हल मा २८ जनवरी, बातुपाहात चिना स्कुल देबन हल बसपार्क नजिक २९ तारिक, पेनाङ बी एम देवान हल समिट प्लाजा नजिक र ३० जनवरी मलका देवन हल ओसियन मलका को ठिक अगाडि कार्यक्रम आयोजना हुने डाइरेक्टर पुलामीले जानकारी दिए । कार्यक्रम दिउँसो १२ बजे बाट सन्चालन हुने छ ।

Comments

अरु समाचारहरु