गायिका प्राश्नाको मोबाईलमा रातो नम्बरबाट फोन आयो, भन्छिन् ‘मलाई पनि पहिला त बिश्वास लागेको थिएन’

गोपिकृष्ण चापागाई / पुस, काठमाडौं । यतिखेर नेपालमा एक हल्ला निकै भाईरल बन्दै गएको छ, त्यो हो रातो नम्बर बाट फोन आउँछ र त्यो फोन उठायो भने मरिन्छ । कसैले यसलाई हल्लामात्र हो भनेका छन् भने कसैले सत्य कुरा हो भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

-

यसैबिच गायिका प्राश्ना पाण्डेले आफ्नो मोबाईलमा रातो नम्बरबाट फोन आएको बताएकी छिन् । आँफुलाई पनि केहिदिन यता चलेको यो हल्ला हल्लामात्र भएजस्तो लागेको तर आफ्नै नम्बरमा फोन आउँदा डरलागेको र फोन नउठाएको बताएकी छिन् ।
prashna-pandey-facebook-status-about-rato-number-callउनले आँफु सिटीसेन्टरमा साथीहरुसँग बसिरहँदा एक्कासी रातो नम्बरबाट फोन आएको र अर्को साथीको मोबाईलबाट आफ्नो मोबाईलमा कल आईरहेको स्क्रिनको तस्बिर लिएको आर्टिस्ट खबर डटकमलाई बताएकी छिन् । उनले बताए अनुसार उनलाई आफ्नो एनसेलको सिममा कल आएको थियो ।
Video

गायिका प्राश्ना भन्छिन्, शत प्रतिशत सत्य हो
गायिका प्राश्नाले आफ्नो मोबाईलमा यस्तो रातो नम्बरबाट फोन आउँदा धेरै डरलागेको र सबैलाई सतर्क हुन भन्दै फेसबुकमा सोमबार दिँउसो साढे चारबजे मोबाईल स्क्रिनको तस्बिरसहित स्टाटस पोष्ट गरेकी थिइन् । साथै हामीले त्यसबिषयमा प्राश्नासँग बुझ्ने कोशिस गर्यौ ।
-
तपाईले तस्बिर सहित नै स्टाटस राख्नुभएको रहेछ नि, के फोन आएको सत्य हो ? उनले यस्तो जवाफ दिइन्, “मैले त्यसै स्टाटस् राखेकी होइन् । हामी सिटीसेन्टर अगाडि चारजना साथीहरु भएर बसेका थियौं त्यहि बेलामा मेरो एनसेलको सिममा रातो नम्बरबाट फोन आयो । म अचम्म परेँ, सबैसाथी लाई देखाएँ, निकै डरलाग्यो । फोन रिसिभ गरीन् ।”
rato number incomming call facebook status of prashna pandeyसाथै उनले पछि आफुलाई आएको नम्बरमा कल गर्न डरलागेर कलब्याक नगरेको बताइन् र त्यसै नम्बरमा हामीले कल गर्दा फोन लागेको भने छैन । उनलाई ९८७६७१५८६५ नम्बरबाट फोन आएको थियो जुन यहाँ उपलब्ध तस्बिरमा पनि प्रष्ट देखिन्छ ।
-

केहि दिन अघिदेखी रातो नम्बरबाट अल आउने भन्ने हल्ला निकै चलेको छ । यस अघि नुवाकोट, धादिङ तथा मकवानपुर जिल्लाहरुमा मान्छेहरुको मृत्यु भएको भन्ने हल्ला निकै चलेको भएता पनि प्रहरीले भने यसबिषयमा पुष्टि गरेको छैन । साथै एनसेलको नम्बरमा आएको भनिएकोले एनसेलसँग बुझ्दा यसबिषयमा एनसेलले यो हल्लामात्र भएको र यस हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

यो बिषयमा तपाईले तल कमेन्ट लेख्न सक्नुुहुनेछ ।

Comments

अरु समाचारहरु