अमृत र कमलाको 'चिया छानेको'लाई युट्युवमा करोड भ्युज

Posted on: January 09, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

पछिल्लो समय लोकप्रिय बनेको लोक गीत चिया छानेकोले युट्युवमा करोड भ्युज पाउन सफल भएको छ । अपलोड गरिएको दुई महिना नपुग्दै बुधबारसम्म करोड पटक हेरिएको हो ।

सामाजिक सञ्जालमार्फत चर्चामा आएकी १२ बर्षिय बालगायिका कमला घिमिरे र गायक अमृत सापकोटाले गाएको यो गीतमा रमेश बिजीको संगीत रहेको छ भने खेम सेञ्जुरीको संगीत रहेको छ । गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ । गीतको भिडियोमा लोकदोहोरी क्षेत्रका चर्चित मोडल राखिएको छ भने शंकर बिसीले भिडियोको निर्देशन गरेका छन् । 

गीतका गायक अमृतले दर्शकको यति धेरैमाया पाउँदा निकै खुसी लागेको बताए । उनले गीतको सफलतालाई जीवनकै ठूलो उपलब्धिको रुपमा हेरेको बताए । उनी भन्छन् ‘कमला बहिनीसँग गीत गाएको दिन देखी दर्शकले निकैमाया गर्नुभयो र बहिनी र मेरो पहिलोगीतलाई यतिधेरै माया दिनुभयो निकै खुसी छौं ।’ अमृतका अनुसार बिहीबार गीतको सफलताको एक कार्यक्रमका बिच सेलिब्रेशन गर्ने तयारी छ ।





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]