कोरोनाको त्रासबीच माल्दिभ्सको स्विमिङ पूलमा रीमा (भिडियो)

Posted on: March 20, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बिश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरसलाई वेवास्था गर्दै अभिनेत्री तथा कार्यक्रम संचालिका रीमा विश्वकर्मा यति बेला माल्दिभ्सको स्विमिङ पूलमा रमाइरहेकी छिन्। कोरोना न्यूनिकरण गर्दै सरकारले चलचित्र हलहरु, स्विमिङ पूल, चिडियाखाना लगायतका अन्य मनोरञ्जन स्थल बन्द गरिरहेको अवस्थामा उनी भने बिदा मनाउन माल्दिभ्स पुगेकी छिन् । त्यतीमात्र नभएर सरकारले बिदेश भ्रमण नगर्न आग्रह गरीरहेको बेलामा अहिलै उनको बिदाको समय परेको छ। अहिले उनको स्विमिङ पूलमा रमाइरहेको फोटाले निकै चर्चा परिचर्चा पाइरहेको छ। 

उनै रिमाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै अडियन्सलाई घर बाहिर ननिस्कन सल्लाह दिएकी छिन्। ‘विश्वभर फैलिदै गएको कोरोना भाइरसको त्रासबाट डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वस्थ्यलाई प्राथमिकता दियौं।' तर उनले त्रासबीच पनि रमाइलो गर्न भने नछोडने बताएकी छिन्। 

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]