
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
स्वास्थ्यलाई लिएर विशेष ध्यान दिने सेलिब्रेटी मध्यमा पर्छिन नायिका वर्षा सिवाकोटी। व्यायम गर्ने, जीम जाने, मेडिटेसन गर्ने उनले दैनिक गर्ने गछिन्। अहिले भने विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले एक सातासम्मलाई लक डाउन गरेको छ। कतै हिडडुल गर्न नपाइने भएकाले यो अवस्थामा कलाकारहरुपनि घरमै बसेर समय बिताइरहेका छन्। कोही पुस्तक पढिरहेका छन् त कोही चलचित्र हेरिरहेका छन् । कोही खाना पकाउँनमा ब्यस्त छन् ।
यसैबीच वर्षा सिवाकोटीले पनि घरमै व्यायम,जीम गर्दै अर्थात स्वास्थ्यलाई विशेष ध्यान दिदैँ लक डाउनको सदुपयोग गरेकी छिन् । उनले अरुलाईपनि यो अवस्थामा स्वास्थ्यलाई विशेष ध्यान दिन अपिल गरेकी छिन्। कोरोना भाइरसले नेपाललाई पनि छोएसँगै उनले सामाजिक संजालमा आफुले व्यायम गर्दै गरेको भिडियो सार्वजनिक गर्दै उनले सबैलाई व्यायममा ध्यान दिन स्वस्थ रहन अपिल गरेकी हुन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: