
आर्टिष्ट खबर/जेठ,काठमाडौं ।
कोरोना भाइसरका कारण चलचित्र क्षेत्रका सबै कामकाज डामाडोल अवस्थामा पुगेको छ। भाइसरका कारण सरकारले गरेको लकडाउनको पालना गर्दै बसेका कलाकारहरु लकडाउन खुलेपछि सामान्य जीवनमा फर्किने आशमा बसिरहेका छन्। कलाकारलगायत आम सर्वसाधारणपनि कोरोनाले गर्दा लकडाउनमा बस्दा बस्दा वाक्क भएको भन्दै सामाजिक संजालमार्फत आफ्ना भावना पोख्दै आएका छन्। चार्डपर्व बाहेक अन्य समय परिवारलाई दिन नभ्याउने कलाकारहरु घरमा बस्दा बस्दा छटपटी भएको सामाजिक संजालमार्फत ब्यक्त गर्दै आएका छन्। उनीहरु छिटै आफ्नै काममा ब्यस्त हुन चाहन्छन्।
यसैबीच लक डाउनका कारण घरमै बस्नुपर्दा छटपटाइरहेकी छिन् अभिनेत्री वर्षा सिवाकोटी। केही समयअघि राम्रा चलचित्रमा काम गर्दै आएकी उनका चलचित्रको छाँयाकन लकडाउनको कारण रोकिएको छ । लक डाउन अगाडिनै उनी राम्रा चलचित्रमा व्यस्त थिइन्। उनलाई अन्य चलचित्रबाट पनि अफर आइरहेको थियो। उनलाई हिट चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिजबाट पनि अफर आएको थियो। तर जति चलचित्रबाट अफर आएपनि यो समय उनी घरमै सिमित रहँन बाध्य छिन्। लकडाउनकै बीच उनले एक विन्दास मुडमा रहेको फोटो सार्वजनिक गरेकी छिन्। तर फोटो हेर्दा उनी घरबस्दा बस्दा छटपटाएको जस्ती देखिन्नन्।
बिभिन्न कारणबाट उच्च चर्चामा आइरहने अभिनेत्री हुन् वर्षा सिवाकोटी। कहिले सामाजिक संजालमा स्टाटस लेखेको भरमा चर्चामा आउँछिन् त कहिले हट फोटोसुटका कारण। पछिल्लो समय सामाजिक कार्यका कारणपनि उनी निकै चर्चाका आएकी थिइन्। तर चलचित्रबाट भने उनले आफ्नो अभिनयले खासै चर्चा बटुल्न सकेकी छैनन्। तर उनलाई चलचित्र बिना खाली बस्नपनि परेको छैन।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: