२ बर्षदेखी प्रेममा रहेका निशान भट्टराईले गरे कानुनी बिहे

Posted on: August 11, 2020
साउन, काठमाडौं  । 

नेपाली सांगितीक क्षेत्रका पछिल्लो समयका लोकप्रिय गायक निशान भट्टराईले प्रेमिकासँग कानुनी बिहे गरेका छन् । गायन रियालिटी सो नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान  मंगलबार धुलिखेल जिल्ला अदालत पुगि प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।

कानुनी बिहेपछि निशान र ऋचाले विवाहको प्रमाणपत्र लिएका छन् । निशानको ‘लाउर जाने रेल’बोलको गीतको भिडियोमा ऋचाले अभिनय गरेकी छिन् ।  



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]