
भदौ, काठमाडौं ।
नेपाली म्युजीक भिडियोको क्षेत्रमा अत्यधिक कोरियोग्राफि, निर्देशन गर्ने मध्येका एक शंकर बिसीले कोरोना माहामारी बढ्न थालेपछि म्युजीक भिडियो छायांकनको काम रोकेको जानकारी दिएका छन् । सरकारले लकडाउन खुकुलो बनाएसँगै तिज गीतका छायांकनमा ब्यस्त भएका शंकरले पछिल्लो १० दिन यताबाट कुनै पनि भिडियोको छायांकन नगरेको र अब कोरोना माहामारी नरोकिएसम्म छायांकन नगर्ने घोषणा गरका हुन् ।
प्राय तिज पर्वमा बर्षेनी ५० देखी ८५ वटा सम्म म्युजीक भिडियो निर्देशन गर्ने शंकर बिसीले यो लकडाउनको समयमा पनि ३२ वटा म्युजीक भिडियो निर्देशन गरेको सुनाए । ‘अहिले पहिलाका जस्तो माहोल भएन त्यसैले केहि कम भयो । गएका बर्षमा तिजको बेलामा मात्रै पनि ८५ वटा सम्म भिडियोको काम गरिएको छ ।’ शंकरले हिमालय टाइम्ससँग भन्नुभयो । ‘तर पछिल्लो दश दिनयता भने म्युजीक भिडियोका कामलाई रोकेको छु । किनकी काठमाडौंमा पनि दिनप्रतिदिन कोरोना बढिरहेकाले डर महसुस पनि भएको छ ।’
शंकरले आफूले गरेका म्युजीक भिडियोका सुटिङ अधिकांश पार्टि प्यालेसमा भएको र सतर्कता अपनाएको बताउनु भयो । ‘अरुले कसरी गर्नुभएको छ थाहा छैन तर हामीले सुटिङको समयमा ज्वरो नापेर, स्यानिटाइजर लगाएर सुटिङ गरेका छौं ।’ शंकरले सधैं पैसा मात्रै भनेर हिड्दा ज्यान नै जोखिममा पर्न सक्ने भन्दै कलाकारहरुलाई यो समयमा सजगता अपनाउन पनि आग्रह गरे ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: