पुश्कल शर्माद्धारा अशक्त बस्नेतलाई व्हिल चियर प्रदान

Posted on: November 14, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

लोकप्रिय गायक पुश्कल शर्माले अर्घाखाचीका अपांङ राम बहादुर बस्नेतलाई व्हिल चियर प्रदान गर्नुभएको छ । सितगंगा नगरपालिका वडा नं. २ बस्ने ७२ बर्षिय बस्नेत शारिरिक रुपमा अशक्त हुनुहुन्छ ।  

आफुलाइ बस्नेतको बिषयमा फोन आएको र सहयोगका लागी आफू काठमाण्डौबाट अर्घाखाची पुगेको गायक शर्माले बताउनु भएको छ । गायक शर्मा केहि नहुनेहरुका लागि र कोहि नहुनेहरुको लागि मानबताको सेवा नै जिबनको सर्वोत्तम कार्य मान्दै सामाजिक र मानबिय कार्यमा लागेको बताउनुहुन्छ । पुश्कल नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका लोकप्रिय गायक हुनुहुन्छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]