७० बर्षमा पुगिन् कालि आमा

Posted on: November 27, 2020
मंसिर, काठमाडौं । 

नेपाली चलचित्र तथा टेलिश्रृंखलाको पर्दामा काली आमाको रुपमा परिचित कलाकार शारदा गिरीले आफ्नो ७० औं जन्मदिन मनाउनु भएको छ । पछिल्लो समय ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा काम गर्दै आउनु भएकी कलाकार शारदाले बिहीबार हल्का रमाइलोकै छायांकनस्थलमा कलाकार टिमसँग जन्मदिन मनाउनु भएको हो ।

उमेरले ७० बर्ष पुग्दा पनि निरोगी, कलाकारीताको जोश देख्दा सबैमा उत्प्रेरणा जाग्ने हल्का रमाइलोका कलाकार तथा निर्देशकद्धय राजु पौडेल र मरिचमान श्रेष्ठले बताउनु भयो । सबै कलाकारले शुभकामना शब्द ब्यक्त गर्नुभएको थियो । कलाकार शारदाले दर्शकको मायाले आफूअहिलेसम्म कलाकारितामा स्वस्थ भएरै काम गर्न पाएको बताउनु भयो ।






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]