मंसिर, काठमाडौं ।
बिगत लामो समय देखी नेपाली गीतसंगीतको क्षेत्रमा अनवरतरुपमा संघर्ष गरिरहनु भएकी गायिका सुजाता केसीले देशको माया निकै लाग्ने बताउनु भएको छ । बिशेषगरी उहाँले माया प्रेमका गीत गाइरहेता पनि आफूलाई देशप्रेम बोल्ने गीत गाउन मन पर्ने बताउनु भएको छ ।
दर्जनौं गीत गाइसक्नु भएकी सुजाताको स्वर रहेको देशभक्ति गीत ‘विर गोर्खाली’ केहिदिन अघिमात्रै सार्वजनिक गरिएको छ । जसमा सुजाताले देशको जग्गा बिदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको शब्दमा गाउनु भएको छ । लोकराज अधिकारीले लेख्नुभएको शब्दमा सुजातासँगै प्रम्धुम्न घलेले स्वर दिनुभएको छ । गीतको भिडियोमा गायिका सुजाता स्वयम्सँगै थुप्रै कलाकारलाई राखिएको छ ।
‘‘अन्य गीत धेरै गाइयो, तर देशसँग सम्बन्धित, देशप्रेम बोलेको गीत गाउँदा छुट्टै आनन्द हुन्छ ।’’
भिडियोमा गायिका तथा सांसद कोमल वली, कलाकार कृष्ण भक्त महर्जन, शुसिल शर्मा, गणेश केसी, सुर्यमान श्रेष्ठ, संगीता घिमिरे, रबिन शर्मा, अमर तामाङ, रोजी श्रेष्ठ, मंया चौरेल, सुधा केसी लगायतको अभिनय रहेको छ । शुसिल शर्माले लगानी गर्नुभएको भिडियो बिपिन भाटले निर्देशन तथा सम्पादन गर्नुभएको हो ।
गायिका सुजाताले आफूलाई देशप्रेम बोलेका गीत गाउन निकै मन पर्ने बताउनु भएको छ । ‘अन्य गीत धेरै गाइयो, तर देशसँग सम्बन्धित, देशप्रेम बोलेको गीत गाउँदा छुट्टै आनन्द हुन्छ । देशका लागी गीतसंगीतका लागी केहि भएपनि गर्न सकियो जस्तो लागेको छ ।’ सुजाताले हिमालय टाइम्ससँग भन्नुभयो । ‘आगामी दिनमा पनि देशभक्ती गीत गाउने छु ।’
गायिका सुजाताले कुनै पनि कलाकारले आफ्नो क्षेत्रबाट देशकालागी केहि योगदान दिनुपर्ने बताउनु हुन्छ । अभिनय गर्ने कलाकारले अभिनयको क्षेत्रबाट, गायक तथा गायिकाले गीतसंगीतको क्षेत्रबाट, अन्य कलाक्षेत्रमा रहनुभएका कलाकारहरुले देशका लागी केहि दिनसक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘हामी सधैं आफ्ना लागी मात्र गर्ने, आफ्ना लागी मात्र दौडने होइन । देश रह्यो भने हामी रहने हो, त्यसैले देश बचाउनका लागी पनि आफ्नो क्षेत्रबाट थोरै धेरै के गर्न सकिन्छ त्यो गर्नुपर्छ ।’ सुजाताको भर्खर सार्वजनिक ‘विर गोर्खाली’मा पनि देशको सिमाना अन्य देशले मिचेका कुरा उठाइएको छ । सम्पुर्ण नेपाली एकजुट भएर देश बचाउन लाग्नुपर्ने गीतको सन्देश छ ।
(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: