आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
बलिउड अभिनेता सलमान खानको ५५ औं जन्मदिनको अवसरमा ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइजले काठमाडौंमा सेलिब्रेट गरेको छ । सलमानले संचालन गरिरहेको ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइज लिएको संस्थाले आइतबार राजधानीको दरबारमार्गस्थित किङ्ग्स लाउन्चमा एक कार्यक्रमका बिच जन्मदिन सेलिब्रेशन गरिएको थियो । जहाँ नेपाली चलचित्रका नायक भूवन केसी, नायिका सुष्मा कार्की, कलाकार प्रशान्त ताम्राकार पनि उपस्थित थिए । उनीहरुले आयोजकसँगै केक काटेका थिए ।
‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरिएको संस्थाका चियरमेन राजु थापाले जानकारी दिनुभयो । यो संस्थाले नायक सलमान खानलाई नेपाल ल्याउनका लागि पहल गरेको पनि बताएको छ । गतबर्षको मे महिनामा सलमान नेपाल आउने निश्चित भएपनि विविध कारणले स्थगित भएको ‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’का निर्देशक सुरज केसीले जानकारी दिनुभयो ।
Video: Click Here
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: