श्वेताकी बहिनी र पत्रकार उत्सवले कुटपिट गरेको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

Posted on: February 02, 2021

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।  
नायिका सुष्मा कार्कीले आफूलाई कुटपिट र गालीगलौज गरेके भन्दै अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रमाइलीविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ । उहाले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिनु भएको हो । उहाँहरु बिच हिजो (सोमबार) दरबारमार्गस्थित लण्डन पबमा  झगडा भएको थियो ।

सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुग्नु भएको थियो । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गर्नुभएको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]