आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
अभिनेत्री सुष्मा कार्की, रंग पत्रकार उत्सव रसाइली र अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्का विचको विवाद टुंगिएको छ । प्रहरीले दुबैपक्षलाई बोलाएर सहमतीमा यो विवाद बुधबार साँझ टुंगाएको हो । उत्सव र आरतीले सुष्मासँग माझि माग्नु भएको छ ।
झगडा हुने क्रममा सुष्माको मोबाइल फुटेको र उक्त मोबाइल बनाइदिने सहमति भएको छ । उत्सवले सामाजिक संजालमा एक अर्काको बारेमा गाली गलौज भएको भन्दै यस्तो नगर्न पनि सबैसँग आग्रह गर्नुभएको छ । गत सोमबार राती दरबारमार्गस्थित लण्डन पबमा उहाहरु बिच झगडा भएको थियो ।
सुष्माले आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो । सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उहाका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुग्नु भएको थियो । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुग्नु भएको थियो ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: