आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
आइतबार काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्रमा होली पर्व मनाइएको छ। सरकारले कोरोनाको जोखिम अझै रहेकाले भिडभाड नगर्न आग्रह गरेसँगै कलाकारहरुले पनि घरमै रहेर होली मलाएका छन्। यसैबिच सामाजिक सञ्जालमा नेपाली कलाकारहरुको तस्बिर नियाल्दा नायिका रेखा थापाले आफ्नो इन्स्टाग्राममा तस्बिर सेयर गरेकी छिन्। उनले होलीको शुभकामना पनि दिएकी छिन्।
यस्तै नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएको देखियो। प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्। यस्तै अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्बिर हाल्दै होलीको शुभकामना दिएकी छिन् ।
उनले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गरेकी छिन्। यस्तै अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ। उनले रङसँग खेलेको आफ्नो तस्बिर सेयर गर्दै सबैमा होलीको शुभकामना सटेका छन् । अभिनेत्री करिश्मा मान्नधरले ललितपुरस्थित आफ्नैै घरमा नजिकका साथीहरु र परिवार सदस्यका साथ टीका मात्रै लगाएर होली मलाएकी छिन्।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: