आर्टिष्ट खबर/चैत,काठमाडौं ।
केही दिन अघि हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको आधिकारिक फेसबुक अकाउन्ड ह्याक गर्दै फेसबुकमा जोडीएका साथीहरुसँग पैसा माग्ने १४ वर्षीय ह्र्याकरलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई साइबर ब्युरो अफ नेपालले कलाकारहरूको फेसबुक अकाउन्ड ह्याक गरेको अभियोगमा पक्राउ गरेको हो। आफ्नो फेसबुक अकाउन्ट ह्याक भएपछि अभिनेता खनाल र निर्देशक निरौलाले फेस्बूक ह्याक गर्ने विरुद्ध निवेदन दर्ता गराएका थिए।
प्रहरीले पनि यससम्बन्धी छिटै एक्सन लिएपछि प्रहरी ह्याकर पक्राउ गर्न सफल भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । हाल उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको बताइएको छ।
फेसबुक अकान्ट ह्याक हुनु सामान्य रुपमा लिइन्छ। तर कतिपय ह्याकरले यसको दुरुपयोग गर्दै अन्यलाई फसाउने गर्छन् । यस्तो बिक्रितीले कतिपयलाई आत्महत्याको बाटो सम्म डोहोर्याएको पाइएको छ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: