सन्चितालाई 'भयौ परदेशी'बाट बेष्ट मोडलको अवार्ड

Posted on: November 02, 2021
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय मोडल सन्चिता शाहीले बेष्ट मोडलको अवार्ड पाउनु भएको छ । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा 'भयौ परदेशी' गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि सन्चिताले पाँच वटा अवार्ड पाइसक्नुभएको छ भने यो छैठौं अवार्ड हो । 

नेपाली म्युजीक भिडियोको क्षेत्रमा तीनसयको आसपासमा अभिनय गरिसक्नुभएकी सन्चिताले अवार्ड पाउँदै गर्दा खुसी ब्यक्त गर्नुभयो । यस्तो किसिमका अवार्डले काम गर्न थप उर्जा प्रदान गर्ने सन्चिताको भनाई छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]