
आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।
फुल हैन काँडा, मायाले बाँध्यो यसरी, जिन्दगी नै भन्दिन लगायतका दर्जनौं गीतकी लोकप्रिय गायिका प्रविशा अधिकारीले बिहे गरेकी छिन् । आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।
प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेकोले नेपाली कला क्षेत्रका कलाकारहरुको उपस्थिती कमै छ । गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: