
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
मोडल सन्चिता शाही बर्षको सर्वोत्कृष्ट महिला मोडल बनेकी छिन् । आइतबार काठमाडौंमा आयोजीत नवौं म्युजीक खबर म्युजीक अवार्डमा सन्चितालाई लोकदोहोरी तर्फको सर्वोत्कृष्ट महिला मोडलको अवार्डबाट सम्मानीत गरियो । सन्चिताले माछी लेवैमा बोलको गीतबाट अवार्ड पाएकी हुन् ।
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथि रहनुभएको अवार्डमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, सञ्चारकर्मि तथा निर्देशक डिनेश डिसी, गायिका बिमा कुमारी दुरा लगायतको हातबाट अवार्ड ग्रहण गरेकी थिइन् । अवार्ड लिँदै सन्चिताले आफ्नो कामको मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएकोमा खुसी ब्यक्त गरिन् । उनले भनिन्, 'म उत्कृष्ट पाँच भित्र परेकी थिएँ पाएपनि ठिक छ नत्र जसले पाए पनि केहि छैन भनेर सहभागी जनाएकी थिएँ । निकै खुसी लाग्यो मलाई योग्य सम्झेर अवार्ड दिनुभयो । जुरीसँगै आयोजक प्रति धन्यवाद दिनचाहान्छु ।'
पाँचबर्ष अघिबाट मोडेलिंग यात्रा सुरु गरेकी सन्चिताले यसअघि पनि केहि अवार्ड पाइसकेकी छिन् । सन्चिताले अभिनय गरेका सयौं म्युजीक भिडियो मध्ये ‘चेली, औंठी सुनैको, आमा, भयौ परदेशी, अन्तिम भेट’ बोलका गीतहरु हिट छन् ।
आइतबार सम्पन्न नवौं म्युजीक खबर म्युजीक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको थियो । कार्यक्रममा थापालाई ३० हजार ५ सय ५५ रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा गायक राज सागर र गायिका मनिषा पोखरेलले वरिष्ठ गायक थापाका चार वटा गीत गाएर सम्मान अर्पण गरेका थिए ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: