
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
नेपालका लोकप्रिय अभिनेता विपिन कार्कीलाई बलिउड चलचित्रबाट अफर आएको छ । विपिनलाई बलिउड चलचित्र ‘एनिमल’का लागी निर्माण टिमले सिधै फोन गरेर चलचित्रका लागी अफर गरेको हो । यो चलचित्रको अहिले छायांकन भइरहेको छ । चलचित्रमा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिणीति चोपडाले अभिनय गरिरहनु भएको छ भने विपिनले पनि अनिल कपुर र रणवीर कपुरसँग स्क्रिन सेयर गर्ने मौका पाउनुहुनेछ ।
अभिनेता विपिनलाई निर्माण टिम मध्येका एक प्रणय रेड्डीले सिधै फोन गरेर चलचित्रका लागी अफर गर्नुभएको थियो । अभिनेता विपिनले आफ्नो रोलको बिषयमा नखुलाइएको भएपनि राम्रो रोल भनिएको र काम देखाउने प्रशस्त ठाउँ हुने रोल भनिएको बताउनुभएको छ । बिपिनले नेपाली चलचित्र ‘सेल्फी किङ’मा गरेको कामका आधारमा बलिउडको निर्माण टिमले उहालाई सिधै चलचित्रमा अभिनय गर्ने अवसर दिन खोजेको बताइएको छ ।
सन्दिप रेड्डी भांगाको निर्देशन रहने यस चलचित्रमा रणवीर कपूरको मुख्य भूमिका रहेको छ । आगामी ११ अगस्ट २०२३ मा चलचित्रको रिलिज मिति तय भएको छ । यसअघि निर्देशक सन्दिपले ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरिसक्नुभएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: