
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि तिब्र गतीले फैलिरहेको छ । यसैबिच यो भेरिएन्टले कलाकर्मिहरुलाई पनि समात्न थालेको छ । यसैक्रममा, अभिनेत्री श्वेता खड्का र गायक जिवन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । श्वेताले मंगलवार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउनु भयो । साथै उहाले सबैलाई सर्तक र सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
श्वेतालाई नेपाली चलचित्र ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती, कोहिनूर, हाँसी देऊ एक फेर’ मा अभिनय गर्नुभएको छ । उहाले आफ्नै लगानीमा चलचित्र ‘कान्छी’ पनि निर्माण गर्नुभएको थियो ।
यस्तै गायक जिवन शर्मा पनि कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि होम आइसोलेसनमा बसिरहेको जानकारी दिनुभएको छ । उहाले स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताउनु भयो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: