
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रमा तीनदशकको लामो यात्रा गरेका अभिनेता भूवन केसी अब राजनितिमा लाग्ने भएका छन् । भूवन केसी कुनै एक राजनितिक पार्टिमा प्रवेश गर्ने मात्र होइन काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने समेत निर्णय गरिएको छ । उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका हुन् । उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन् ।
पार्टीले केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको नेपालको भनाइ छ । उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको छ ।
उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालद्धारा जारी बिज्ञप्ती यस्तो छ:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: