आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
यस पटकको स्थानिय तहको निर्वाचन आज साँझ ५ बजेपछि सकिदैछ । बिशेषगरी काठमाडौं उपत्यकाको मेयर मदका उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । केहि समय अघिमात्रै नेकपा एमाले पार्टीमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले पनि भोट हालेकी छिन् । उनले भोट हालेर निस्किएपछि आर्टिष्ट खबरसँग कुरागर्ने क्रममा आफूले केशव स्थापितलाई नै भोट हालेको बताइन् ।
साथै उनले स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा निकै भइरहदा बालेन शाह प्रति तपाईको धारणा के छ भन्ने हाम्रो प्रश्नमा उनी एक युवा जोश भएको बताइन् । उनले भनिन्- 'युवा होस् छ । उहाँको कुरा पनि फरक छ । नयाँ पनि आउनुपर्छ भन्छु ।' केहि समय अघिमात्रै एमालेमा प्रवेश गरेकै कारण एमाले उम्मेदवारलाई भोट हाल्नु करिश्माको कर्तब्य थियो । हामीले फेरी उनलाई प्रश्न गर्यौं, के तपाई एमालेमा प्रवेश नगरेको भए अन्य कलाकारहरुले भने जस्तो तपाई पनि बालेन शाहलाई भोट हाल्ने पक्षमा हुनुहुन्थ्यो होला त ? उनी भन्छिन्, मैले एमालेलाई नै हाल्ने थिएँ ।
साथै करिश्माले आफ्नो परिवारमा श्रीमान र छोरीलाई पनि आफूले यो ब्यक्तिलाई हाल्नुस् भनेर कसैलाई नभनेको बताउँछिन् ।
Video Report: Coming Soon...
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: