आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
देशभर स्थानिय तहको निर्वाचनको मतपरिणाम आइरहदा वडा सदस्यका उम्मेदवार कलाकार किशोर भण्डारी बिजयी हुनुभएको छ ।
दर्शकमाझ ‘डिठ्ठा’साब’ नामले लोकप्रिय हास्य कलाकार तथा निर्देशक भण्डारीले नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिनु भएको िथयो ।
भण्डारीले अत्यधिक बहुमतका साथ विजयी भएको बताउनुभएको छ । भण्डारीका अनुसार उहाको वडामा खसेको २५ सय मतमध्ये उहाले ११ सय भन्दा बढी मत पाउनु भएको थियो ।
विभिन्न टेलिश्रृंखला, नाटक, फिल्म तथा विज्ञापनहरुमा अभिनय गर्नु भएका कलाकार भण्डारीलाई कान्तिपुर टेलिभिजनबाट प्रसारित हास्य श्रृंखला ‘डिठ्ठा साब’ मार्फत दर्शकमाझ लोकप्रिय भएका कलाकार हुनुहुन्छ । भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा अभिनय गरिरहनु भएको छ । भण्डारीले नेपाली चलचित्र चंगा निर्देशन गरिसक्नुभएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: