आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नेपालमा निर्माण हुने ठुला चलचित्र अथवा लघुचलचित्रहरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्राय कमै छनौट भइरहेका हुन्छन् । त्यसो त पछिल्लो समय केहि छोटा चलचित्रहरु फेस्टिभल टार्गेट बनेपछि केहि बर्ष अघिसम्म यो प्रचलन खासै दिएन ।
यसैक्रममा विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को विश्वभरी खुबै चर्चा हुने गर्छ । यस फेस्टिभलमा छनौट हुने आशाले नेपालमा पनि थुप्रै चलचित्र बन्ने गरेका छन् । यसैक्रममा नेपाली अभिनेत्री सुरक्षा पन्त यसै ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार बन्ने हुनुभएको छ । उहा कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुनका लागि मंगलबार फ्रान्सका लागी उड्नुभयो ।
अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त चलचित्र छनोटमा परेपछि उहालाई कान्सबाट फेस्टिभलमा सहभागी हुन निम्तो आएपछि उहा कान्स फिल्म फेस्टिभलका लागी फ्रान्स लाग्नुभएको हो ।
मंगलबार फ्रान्सका लागी उड्नुअघि आर्टिष्ट खबरसँग कुरागर्ने क्रममा खुसी साट्दै सुरक्षाले भन्नुभयो । ‘ द एट माउन्टेन्स नेपालको मनाङमा सुटिङ भएको थियो । त्यो बेलामा उक्त चलचित्रमा अभिनय गर्ने मौका पाएकी थिएँ । बिशेषगरी उहाँहरुलाई नेपाली पात्रको रुपमा एकजना नेपाली कलाकार चाहिएको थियो र त्यहाँ मैले मौका पाएकी हुँ ।’
‘द एट माउन्टेन्स’ सोही नामको अवार्ड जित्न सफल उपन्यासमा आधारित चलचित्र हो । यस चलचित्रलाई बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शले निर्देशन गर्नुभएको हो ।
अभिनेत्री पन्तका अनुसार उक्त चलचित्रको स्क्रिनिङ बुधबार साँझ हुँदै छ । कान्समा नेपालबाट अरु कलाकार तथा फिल्मकर्मीहरु गैसके पनि कान्सबाट अफिसियल निमन्त्रणा आएर रेडकार्पेटमा नै हिड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुनुहुन्छ ।
केही वर्षअघि प्रियंका कार्की पनि कान्समा जानुभएको थियो । तर उहालाई कान्सको अफिसियल निमन्त्रणामा भने थिएन ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: