आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुग्नुभएको छ । उहाले आफू त्यहाँ पुगेको समाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।
ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबलसहितका एसियाली पुग्नुभएको हो । सो अवसरमा गुरुङसहितका आगन्तुकसँग राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि भेट गर्नुभयो ।
‘नेपालबाट आएको केटोले यसरी सपना पुरा होला भन्ने कहिल्यै सोचेको थिएन । साथ, माया र सहयोगका लागि म्याडम भाइस प्रेसिडेन्टलाई धन्यवाद । उहाँ हामी सबैको सम्भावनाको स्रोत हुनुहुन्छ’ ह्यारिससँगको भेटपछि प्रबलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
प्रबल र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीचको हार्दिक सम्बन्ध नयाँ होइन । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउस सम्बन्ध प्रिय नै छ । मिसेलले कैंयन पटक गुरुङका पहिरन लगाएकी मात्र छैनन्, गुरुङलाई ह्वाइट हाउसमा भोज पनि दिएका थिए ।
वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले त सपथ ग्रहणमा गुरुङकै पहिरन लगाउनु भएको थियो । सपथ ग्रहणको ड्रेसले गुरुङ समेत चर्चामा रहनु भएको थियो । केहीवर्षअघि अमेरिकामा एसियाली मूलका अमेरिकी विरुद्ध आक्रमण बढेपछि प्रबल अग्रपंक्तिमा उभिएर विरोध गर्नुभएको थियो ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: