कान्सको रेड कार्पेटमा सरिक हुने पहिलो नेपाली अभिनेत्री सुरक्षा

Posted on: May 19, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

विश्वप्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री बनेकी छिन् सुरक्षा पन्त । बुधबार रातो पहिरनमा सजिदैको तस्बिर सुरक्षाले सेयर गरेकी छिन् ।।

सुरक्षा आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि कान्स फिल्म फेष्टिभलमा सहभागी भएकी हुन् । उनलाई कान्सबाटै निमन्त्रणा आएपछि फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी हुन् । उनी चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा सरिक भएकी थिइन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]