सलमानलाई नेपाल ल्याउँछु भन्ने गुरुङ फेरी पक्राउ

Posted on: August 12, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बलिउड स्टार सलमान खानलाई नेपाल ल्याएर भब्य कन्सर्ट गर्ने भन्दै टिकट बिक्री गरेर झुक्क्याएको भन्दै पक्राउ परेका ओडिसी नेपालका सञ्चालक सीमान्त गुरुङ हिरासतबाट छुट्न नपाउँदै फेरि पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई गत असार २९ गते पक्राउ गरेको थियो । बिहिबार नै हिरासतबाट छुट्न नपाउँदै गुरुङलाई चेक बाउन्सको उजुरी परेको कारणले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसन्धानपछि अदालतमा बुझाएका गुरुङलाई जिल्ला अदालत काठमाडौंले बिहीवार धरौटीमा छुट्न आदेश दिएको थियो । १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरुङलाई बिहीवार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । ‘उनीविरुद्ध ९९ लाख रुपैयाँको चेक बाउन्स उजुरी परेको छ । त्यसैको लागि नियन्त्रणमा लिएका हौं।’ डिएसपी मोहनकुमार थापाले भने । गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो। त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भन्दै आयोजकले बताउँदै आएका थिए। जेठमा पनि कार्यक्रम हुन सकेन । 

गुरुङले बयानमा ३ हजारदेखि २० हजार रुपैयाँसम्मको ४८ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको जानकारी दिएका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]