यो बर्ष शंकरको एकमात्र तीज गीत

Posted on: September 12, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

पछिल्लो केहिबर्ष यता तीज आउँनुभन्दा दुईमहिना अघिदेखी अत्यधिक ब्यस्त रहने मोडल तथा निर्देशन हुन् शंकर बिसी । उनले आफूले तीज गीतमा मोडलिङ र निर्देशन बराबरी गर्ने गर्दछन् । गएको बर्ष (०७४) मा ५० भन्दा बढी तीज गीतको भिडियो निर्देशन गरेका शंकर योबर्ष भने एकगीतको भिडियोमा मात्र देखिए । उनी तीजको समयमा देश बाहिर रहेकाले योबर्षको तीजमा कुनैपनि भिडियो निदेर्शक तथा मोडलिङ गर्न पाएनन् । उनी तीज आउनुभन्दा दुईमहिना अघिनै आफ्नो परिवारसँग भेटघाट तथा केहि सांगितीक कार्यक्रमका लागी अमेरिका पुगेका थिए । 

शंकरले आफू अमेरिका जानुभन्दा केहिदिन अघिमात्रै एकगीत सुटिङ गरेर गएको बताएका छन् । ‘मैले अमेरिका आउनुभन्दा अघि रेकर्डिङ भइसकेको तीज गीतको भिडियोमा नृत्य गरेको थिए, दर्शकका लागी त्यो मात्र योबर्षको मेरो तीज कोसेली भयो’ शंकरले अमेरिकाबाटै हिमालय टाइम्ससँग टेलिफोनमा कुरागर्दै भने । ‘कम्मरु कम्मरु’ बोलको उक्त गीत गीतको भिडियोमा शंकरसँगै करिश्मा ढकालले नृत्य गरेकी छिन् । गीतमा पिताम्बर जिसी र देवी घर्तिको स्वर रहेको छ । गीतमा एकनारायण भण्डारीको शब्द, पिताम्बर जिसीको संगीत रहेको छ । भिडियो शंकर बिसिले नै निर्देशन गरेका हुन् । दुर्गाा पौडेलले खिचेको उत्तर भिडियो नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]