मनोज गजुरेलको बालापानको दशैंः दक्षिणाको खाम हेर्न ट्वाइलेटमा

Posted on: October 19, 2018
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

हाँस्य कलाकार मनोज गजुरेलको बालापनको दशैंका रमाइला पलहरु उनकै शब्दमाः 

"दसैं पर्व सानो छँदा नै निकै रमाइलो हुन्थ्यो । मेरो बालापन ताप्लेजुङमा बितेको हो, बि.स. २०३५ सालमा पाँचबर्षको छँदा हाम्रो लागी ५० पैसा पनि निकै ठुलो लाग्थ्यो, दक्षिणामा ५० पैसा पाएको याद छ । धेरैबाट एकसुका (२५ पैसा) पाइन्थ्यो । सानो छँदा त सिधै पैसा हातैमा राखिदिने चलन थियो, तर केहि पछि खाममा दिने चलन आयो त्यो समयमा चाँही खाममा दक्षिणा कति छ होला भनेर साह्रै छटपटि हुन्थ्यो । टिका लगाएपछि सँगै खाम हातमा पर्दा कतिखेर उठेर अलिपर गएर खाम हेरिहालम हुन्थ्यो, हतार हतार गर्दै ट्वाइलेटमा गएर खाम खोलेर हेरेको याद छ । अर्कोकुरा दशैंमा खानेकुरामा सबैभन्दा मनपर्ने भनेको दही, चिउरा र केरा हो । अहिलेपनि कहिले काँही दहि, चिउरा खाइयो भने ताप्लेजुङमा सानो छँदा खाएको याद आउँछ, त्यो क्षण कहिल्यै भुल्न सक्दिन । घरमा माछा मासु चल्दैनथ्यो, घरमा मैले नखाएपनि छिमेकीको मा गएर लुकी लुकी दसैंमा चाँही खाने गरेको थिएँ ।"




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]