
आर्टिष्ट खबर/ माघ, काठमाडौं
चलचित्र 'बुद्ध बर्न इन नेपाल' पछि अभिनय बाट टाढा रहेका चर्चित अभिनेता रमित ढुंगाना करिब २ वर्षको अन्तरालपछि पुन: चलचित्रमा फर्किएका छन् । उनले हाल एक चलचित्रमा लिखित सम्झौता गरिसकेको खबर बाहिरिएको छ । उनी आफैले निर्माण गरेको चलचित्र 'बुद्ध बर्न इन नेपाल' पछि उनी एकाएक यस क्षेत्रबाट हराएका थिए ।
अहिले नाम फाइनल भइनसकेको उक्त चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्ने भएका छन् । चैतको पहिलो साताबाट छायांकन सुरु हुने बुझिएको यस चलचित्रलाई सरु राईले निर्माण गर्न लागेकी हुन् । कमेडी र एक्सन दुवै विधाको मिश्रण रहने यस चलचित्रका लागि अभिनेता रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर बाहिरिएको छ ।
उनले चलचित्रबारे केही बोलेका छन् । ‘यस चलचित्रका लागि निर्माण टिमले मलाई अफर गर्नुभयो । हाल म आफ्नै ब्यानरमा ‘पृथ्वीनारायण शाह’ नामक चलचित्र निर्माणको तयारी गरिरहेको थिएँ । तर मलाई यस चलचित्रको कथा असाध्यै मन पर्यो र आफ्नो होम प्रोडक्सनलाई केहि पछि सारेर यस चलचित्रमा लागेको छु।'
‘किराँती इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम निर्माण युनिटले एक औपचारिक कार्यक्रमको आयोजना गरेर घोषणा गर्ने बताएको छ । निर्माण युनिटले चलचित्रका अन्यकलाकारहरुबारे पनि उक्त कार्यक्रममै जानकारी गराउने बताएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: