बल्छि धुर्बेले गरे जन्मदिनमा मानव सेवा आश्रमलाई ३५ हजार सहयोग

Posted on: February 08, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले आफ्नो ३२ औं जन्मदिनको अवसर पारेर काठमाडौंको गोंगबुस्थित मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । बिहिबार (माघ २४) गते बिहान ८ बजेनै बृद्ध तथा अशक्तहरुलाई खाना खुवाउँदै उनले आफ्नो ब्यक्तिगत तर्फबाट ३५ हजार नगद सहयोग गरेका हुन् । 

‘मेरो मनले कुनै पार्टि गरेर यो पैसा खर्च गर्न मन लागेन, बृद्ध आमाबुबाको हेरचाहका लागी मानव सेवा आश्रमलाई मेरो कमाइको केहि पैसा सहयोग गरेको हुँ’ मरिचमानले आर्टिष्ट खबरसँग कुरागर्दै भने । पत्नी करुण खड्का र दाजु भाउजुसँग सहयोग गर्न पुगेका मरिचमानले आश्रममै केक काटेका थिए । साथै अन्य समयमा पनि आश्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]