सर्जकलाई टेक्नोलोजीले अल्छि बनायोः एक नारायण भण्डारी

Posted on: February 11, 2019
आर्टिष्ट खबर, माघ, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा लामोसमय देखी गीतकारको रुपमा स्थापित एक नारायण भण्डारीले पछिल्लो समय आएका टेक्नोलोजीले सर्जकलाई अल्छि बनाएको बताएका छन् । उनले टेक्नोलोजीका कारण सर्जकहरुले दुख गर्न छाडेको बताएका छन् । 

केहि समय अघि लोकगीत बिषयक एक अन्तक्रिया कार्यक्रममा बोल्दै भण्डारीले भने ‘हामीहरु शब्द लेख्छौं, संगीत भर्छौ, तर आज भोली संगीत भर्नेसमेत नयाँ टेक्नोलोजी आइसकेको छ त्यसले सर्जकलाई अल्छि बनाइरहेको छ ।’ उनले नेपाली गीतसंगीतका सर्जकहरुले आफ्नो क्रियसनमा काम गर्नुपर्ने धारणा राखे । साथै उनले टेक्नोलोजीलाई प्रयोग त गर्ने तर सम्पुर्ण भर टेक्नोलोजीमा पर्न नहुने बताए ।  एकनारायणले लगभग पाँच सयको हाराहारीमा लोकदोहोरी गीतमा शब्द रचना तथा संगीत भरिसकेका छन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]