छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीले गरे रङ्गशाला निर्माणमा १ लाख सहयोग

Posted on: March 14, 2019
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागी सिताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।  आज बिहीबार छोरीको पाँचौं जन्मदिनको अवसरमा धुर्मुस्ले फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन् । 

 ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’, धुर्मुस्ले लेखेका छन् । अहिले रङ्गशालाको डीपीआर र डिजाइनको काम भइरहेको छ ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]