दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने

Posted on: April 11, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यही अप्रिल २६ तारिखमा दुबईमा 'धुर्मुस सुन्तली साँझ २०७६' आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनद्दारा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा कार्यक्रमको आयोजना गरिने भएको हो । 


फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएअनुसार दुबईमा सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा कार्यक्रमको आयोजना गरिने भएको हो । धुर्मुसले फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । दुबइस्थित ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा कार्यक्रममा धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) सहित गायक पुस्पन प्रधान, गायिका मेलिना राई,लगायतका अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने बताइएको छ । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]