को हुन सलिनकी प्रेमिका ?

Posted on: May 10, 2019
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ बाटै एकाएक चर्चामा आएका अभिनेता सलिनमान बनियाँले आफ्नो रिलेसनसिप फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् । फेसबुकमार्फत सलिनले प्रेमिका अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेको कुरा खुलाएका छन्। आफू प्रेममा रहेको स्वीकार गरेपनि सलिनले आफ्नी प्रेमिकाको बारेमा भने केही पनि बोलेका थिएनन् । तर केही बाहिरिएका केही खबरका अनुसार सलिनकी प्रेमिका अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् ।

युवा पुस्तामाझ लोकप्रिय बनिरहेका उनले राम्रो चर्चा र फ्यान फलोइङ बनाएका छन्। उनले दोस्रो चलचित्र ‘यात्रा’बाट कामको तारिफ बटुलेका छन् । झण्डै १ वर्षअगाडि फर्केर हेर्ने हो भने प्रेमको बारेमा केही नबोलेका सलिन र उनकी प्रेमिका अस्प्रिना श्रेष्ठ प्रेमसम्बन्ध अस्प्रिनाकै जन्म दिनमा खुलेको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]