आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नायिका वर्षा राउत सितिमिति खुलेको पहिरन लगाउँदिनन्। गएको शुक्रबार अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको उनी अभिनित चलचित्रको प्रर्दशनमा भने पहिरनलाई लिएर उनी निकै मजले खुलेकी थिइन् । हाल उनले लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले निक्र ट्रोलहरु बनाइरहेका छन् ।
उक्त बिषेश शोमा पुगेकी वर्षा राउतको सार्वजनिक फोटोले अहिले सामाजिक संजाल पुरै तातेको छ । उनका फ्यानहरुले भने ट्रोलरलाई गाली गरिरहेका छन् । 'नसुहाउँदा नसुहाउँदै पनि के कपडा लगाएको होला', 'कस्तो भद्दा देखिएको' भन्ने जस्ता कमेन्ट गर्ने सामाजिक सञ्जाल प्रया्गकर्तालाई उनका फ्यानहरुले 'काम नपाएर यस्तो ट्रोल बनाएको र अभिनेत्री भएपछि जस्ले पनि यस्तो लगाउछन' भन्दै रिप्लाई गरिरहेका छन्।
अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको प्रदर्शनमा चलचित्रका प्राय सबै टिमले सहभागी जनाएका थिए। शोमा निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया,मुख्य नायक विपिन कार्की, नायिका वर्षा राउत उपस्थित थिए । नेपालमा तीन हप्ता अघिबाट प्रर्दशनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले हाल नेपाल सँगै अष्ट्रेलियामासमेत निकै राम्रो ब्यापार गरेको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: