आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

Posted on: June 11, 2019
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु गरीएको हो । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । 

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]