
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नेपाली गीतसंगीतको क्षेत्रमा इच्छा राख्ने नवप्रतिभाहरुका लागी गायक तथा संगीतकार टंक बुढाथोकीले अवसर प्रदान गर्ने भएका छन् । संगीत सिक्ने चाहाने तर कक्षा लिन टाढा जान नसक्ने, समयको अभाव हुने तथा आर्थिकस्थिती कमजोर हुनेहरुका लागी पनि यो अवसर निकालिएको टंकको भनाई छ ।
गायक टंकका अनुसार स्टुडियो ९ को अफिसियल युट्युवमार्फत प्रत्येक साता संगीत कक्षाको भिडियो अपलोड हुनेछ । ‘संगीतको बिषयमा केहिपनि थाहा नहुनेहरुका लागी पनि मध्यनजर गर्दै साधारण कुराहरुबाटै सुरु गरिनेछ ।’ टंकले आर्टिस्ट खबरसँग कुरागर्दै भने । ‘हामीले यहि साउन १० गतेबाट युट्युवमा भिडियो राख्न सुरु गर्नेछौं ।’
इन्टरनेट मार्फत संगीत सिकाउन लागिएको यो नेपालमै पहिलो पटक हो । यसअघि यसरी इन्टरनेटमा कुनैपनि संगीत कक्षाका भिडियो राखिएको छैन ।
Video Promo:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: