ऋचाले यहीसाल बिवाह गर्ने निधो गरिन्...

Posted on: August 07, 2019
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

हाल प्रर्दशनरत चलचित्र ‘न यता न उता’मा अभिनय गरेकी भर्सटायल अभिनेत्री ऋर्चा शर्माले यही साल बिहे गर्ने निधो गरेकी छिन्। यनले यस चलचित्रको प्रोमोशनको दौरानमा एक मिडियालाई दिएको इन्टरभ्युमार्फत आफुले बिवाह गर्न लागेको बताएकी छिन् । लामो समयदेखि आफु प्रेममा रहेको र प्रेमलाई बिवाहमा परिणत गर्ने उनको सुरसार रहेको उनले जानकारी दिएकी छिन्। पछिल्लो समय चलचित्र ‘सुनकेसरी’ निर्माण गरेकी ऋर्चा चलचित्र क्षेत्रमा भने अहिले खास्सै जमेकी छैनन् । उनले निर्माण गरेको ‘सुनकेसरी’ले सोचेजस्तो ब्यापार नगरेपछि उनले अब हरर चलचित्र नबनाउँने र नखेल्ने बताएकी छिन्। चलचित्रमा उनले आफैँ अभिनय गरेकी थिइन् । 


हाल फाट्टफुट्ट चलचित्रमा मात्रै देखिदैँ आएकी उनी अब घरजम बसाउने निर्णयमा पुगेकी छिन्। प्रेमीले आफूलाई निकै माया गर्ने र हरेक कुरामा साथ दिने बताउँदै उनले प्रेममा आफु निकै सन्तुष्ट रहेको बताईन्। आफ्ना फ्यान तथा मिडियाकर्मीहरुलाई आफु यही ७६ सालमै बिवाहबन्धनमा बाँधिने जानकारी दिएकी छिन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]