आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।
आज भदौ २७ गते शुक्रबारबाट चलचित्र ‘पासवर्ड’ प्रर्दशनमा आएको छ। बिहिबार साँझ यसै चलचित्रको प्रिमियर शो को लागि बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी हुन्। उनले यस चलचित्रको आइटम गीत ‘सन्नी मेरो नाम’मा ठुम्का लगाएकी छिन्। प्रिमियरमा उनले सबैलाई सम्बोधन गर्दै आफूलाई नेपाल एकदमै मन पर्ने बताइन् । उनले भनिन्, मलाई विश्वमै असाध्यै मन पर्ने देश हो नेपाल। अहिले म यहाँ उभिदा निकै हर्षित भएकी छु।'
प्रिमियरमा यसै गीतको बारेमा उनले केही अनुभव सुनाएकी छिन्। गीतमा नाँच्दा स्टेप टपक्क टिप्न सकेपनि गीतको शब्द कण्ठ पार्न आफूलाई निकै गाह्रो भएको बताइन्। उनले भनिन् 'गीत एकदमै राम्रो थियो तर भाषा नबुझिने भएर गीत स्मरण गर्न निकै कठिन भएको थियो। मैले यो गीत लाखौँपल्ट सुनेर याद गरेँ।’ केही अनुभव सुनाएर एकछिन् टीम सँगको कुराकानी पछि उनले चलचित्रका निर्देशकलाई धन्यवाद दिइन् र चलचित्र सफलताको शुभकामना दिइन्। प्रिमियरको लागि नेपाल आएकी सन्नी शनिबार भारत फकिैदैछिन्।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं। गायक अर्जुन सापकोटा र गायिक
December 09, 2019
मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्
December 09, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: