आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।
नेपाल चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष स्व. राम केशर बोगटीको प्रथम बार्षिक पुण्य तिथि सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा मध्यपुर नगरपालिका हनुमान स्थान मनोहरा फाटमा निधन भएको एक वर्ष पुगेको सम्झनामा स्मृति कार्यक्रम गरिएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा प्रमुख अतिथि पूर्व मन्त्रि तथा माननीय संसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति सभामा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, चलचित्र निर्माता संघको अध्यक्ष आकाश अधिकारि, बरिष्ट अभिनेता शिब श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेत बहादुर सिंह राजा, कोषाध्यक्ष सुनिल कटुवाल, स्थानिय बिशिष्ट व्यक्तित्वहरु, स्व. राम केशर बोगटीका छोराहरु, बरिष्ट चलचित्रकर्मीहरु, कलाकारहरु तथा स्थानिय व्यक्तिहरुको उपस्थितिमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल चलचित्र कलाकार संघले स्व. राम केशर बोगटीलाई बिशिष्ट कलाकारको घोषणा गर्दै सम्मान समेत गरिएको थियो भने सो अवसरमा विभिन्न बक्ताहरुले स्व. राम केशर बोगटीले गरेका कार्यहरुको तथा उनले कलाकार संघ तथा समाजसेवामा पुर्याएका योगदानको उच्च मुल्यांकन गर्दै स्व. राम केशर बोगटीको बाकी सपना यथाशिघ्र पुरा गर्न तथा संघको भबन निर्माणमा यथासक्य पहल गर्न जोड दिएका थिए । उक्त स्मृति सभाको कार्यक्रम बरिष्ट कलाकार लय संग्रौलाले संचालन गरेका थिए ।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ
December 06, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । स्टेजमा युगल नृत्य गरेर वल्र्ड रेकर्ड
December 06, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: