कोरियाका तस्बिरमा नेपाली शास्त्रीय नृत्याङना सिता

Posted on: November 27, 2019
आर्टिष्ट खबर/ मंसिर, दक्षिण कोरिया ।  

नेपाली शास्त्रीय एक खुट्टा नृत्याङना सीता सुवेदी साँस्कृतिक कार्यक्रमको शिलशिलामा अहिले कोरियामा छिन् । आफ्नो नृत्य पेशालाई नै अध्यायनको पाटो बनाएर अगाडी बढिरहेकी सीताले भर्खर मात्र २५ देशले सहभागी जनाएको “वन वोर्ल्ड वन फमिल्री कल्चरल फेस्टिभल २०१९” कार्यक्रममा आफ्नो प्रस्तुती दिएकी थिइन् । यहि १४ नोवेम्बर बाट १७ नोवेम्बर सम्म चलेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेकी सीताको नृत्य देखेर उपस्थितले प्रसंसा पनि गरेका थिए । 


पहिलो दिन झ्याउरे नृत्य प्रस्तुती दिएकी सीताले, दोश्रो दिन आफ्नो अध्ययनको पाटोको रुपमा रहेको शास्त्रीय बिधाको नृत्य साम्दोङ इन्टर्नेश्नल युनिभर्सिटिमा प्रस्तुत गरेकी थिइन् । साथै अन्तिम दिन लग्भग १२ सय जना उपस्थित वन बुद्दिज्मको हल्मा आफ्नो प्रस्तुती दिएकी थिइन् । नेपालको तर्फबाट गायनमा राष्ट्रीय गीत आजय अधिकारी शुशिल ले प्रस्तुत गरेका थिए । सीतालाई पछिल्लो समय देश तथा बिदेशका कार्यक्रममा प्रस्तुतीकै लागी अफर आइरहेको पाइन्छ । सीताले कार्यक्रमसँगै दक्षिण कोरियामा घुमघाम गरेका केहि तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । 




तस्बिर स्रोतः सीता सुवेदीको फेसबुक






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]