हलिउड अभिनेता कर्कको निधन

२४, माघ २०७६
हलिउड अभिनेता कर्कको निधन

एजेन्सी ।

हलिउडका लोकप्रिय अभिनेता कर्क डगलसको १०३ वर्षको उमेरमा निधन भएको छ । सन् १९१६ मा न्यू योर्क शहरमा जन्मिएका डगलस हलिउडको सुनौलो युगमा सफल अभिनेता हुन । उनलाई सन् १९४९ मा बक्सिङमा आधारित सिनेमा ‘च्याम्पियन’ले पहिलो पटक ओस्कार मनोनयनमा पारेको थियो । उनी ओस्कार विजेता अभिनेता माइकल डगलासका पिता हुन् ।

‘भारी उदासीका साथ मेरा भाइहरु म यो घोषणा गर्दछौं कि कर्क डगलासले हामीलाई आज छाडेर जानुभयो’, पिताको निधनको खबर दिदैं जारी एक वक्तव्यमा माइकलले भनेका छन् । वक्तव्यमा माइकलले आफ्ना बाबुको अन्तिम जन्मदिनमा उनलाई भनेको कुरा पनि स्मरण गरेका छन्

कर्कले ९० बढी सिनेमामा काम गरे। सिनेमामा उनी १९४० देखि सन् २००० सम्म सक्रिय थिए । उनको कामको सर्वाधिक तारिफ बटुलेको सिनेमा ‘स्पार्टाकस’ थियो। सो सिनेमाले चार वटा ओस्कार जितेको थियो । सोही सिनेमाको ‘आइ एम स्पार्टाकस’ भन्ने संवाद पछि पप संस्कृतिको एउटा महत्वपुर्ण शब्दकोश बन्यो ।

कर्क डगलास तीन पटक ओस्कारको मनोनयनमा परेका थिए। उनी ‘च्याम्पियन’बाट सन् १९४९ मा पहिलो पटक ओस्कारको मनोनयनमा परेका थिए भने त्यसपछि सन् १९५२ र १९५६ मा क्रमशः ’द ब्याड एण्ड द ब्यूटीफूल’ र ’लस्ट फर लाइफ’ सिनेमाबाट मनोनित भएका थिए ।

सम्बन्धित समाचार

• अभिनेता साजिद खानको निधन

पुस, काठमाडौं । चलचित्र 'मदर इन्डिया' अभिनेता क्यान्सर पीडित साजिद खानको निधन भएको छ ।

• बलिउड अभिनेता दलिप ताहिल नेपालमा घुम्दै

पुस, काठमाडौँ । बलिउडका चर्चित अभिनेता दलिप ताहिल नेपाल आइपुगेका छन् । बाजिगर फिल्मका अभिनेता

• साहिल खान नेपालमा

साउन, काठमाडौँ । बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका छन्। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक

• ताजा अपडेट

धेरै पढिएको

ताजा अपडेट

© 2024 All right reserved to ArtistKhabar.com  | Site By : SobizTrend