मुम्बई/(एजेन्सी)
विश्वका १ सय ८६ मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा पनि एकजना लाई देखिन थालेसँगै अधिकांश मानिस सेल्फ (आफ्नै) क्वारेन्टाइनमा बस्न थालेका छन् । त्रास अझ बढी फैलिएको छ । अधिकांश काठमाडाबासीगाउँघर पुगेका छन् ।
बलिउड र हलिउडका सेलिब्रेटी केहि समय अघिदेखी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन्। यस्तै नेपाली सेलिब्रेटहरु पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् । केहि समय अघि निर्माता तथा अभिनेता दीपकराज गिरीले सेल्फ क्वारेन्टाइनमा बसेको र परिवारसँग समय बिताएका जानकारी दिएका थिए। यस्तै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला पनि सेल्फ क्वारेन्टाइनमा छिन् । साथै नायिका वर्षा सिवाकोटीले पनि सेल्फ क्वारेन्टाइनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। यस्तै अन्य थुप्रै नेपाली सेलिब्रेटीहरु बाहिर निस्किएका छैनन् ।यस्तै बलिउडका सेलिब्रेटीहरु सेल्फ क्वारेन्टाइनमा बसेर बिभिन्न सन्देश प्रवाह गरिरहेको देखिन्छ । भारतमा कारोना संक्रमित दिनहु बढिरहेका छन्। जनजेतनाको आवश्यक रहेको भन्दै सेलिब्रेटीहरुले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिइरहेका छन् ।
घर भित्रै बसौं
यस्तै सेल्फ क्वारेन्टाइनमा बसिरहेका अभिनेता शाहरुख खानले कोरोना भाइरसको बारेमा सचेतना फैलाउन एक भिडियो सेयर गरेका छन् । उनले घर भित्रै बस्न अपील गरिरहेछन् । उनले भनेका छन्, ‘कोरोनाभाइरसले सारा संसारभरि चिच्याएको छ । यस्तो कठिन अवस्थामा हामी एक अर्कालाई सहयोग गर्यौं भने हामी यो खतरालाई बढी नोक्सान हुनबाट रोक्न सक्छौं ।’ शाहरुखले सबैलाइै आआफ्नो ठाउँबाट कर्तब्य निभाउन आग्रह गरेका छन् । ‘यतिखेर एअरपोर्ट देखी बिभिन्न ठाउँमा आफ्नो स्वास्थ्यको प्रवाह गरिन डाक्टरहरु आफ्नो कर्तब्य निभाइरहेका छन्, तपाईहरु पनि आफ्नो ठाउँबाट सुरक्षित रहनुहोस्, हात धुनुहोस्, हाछिऊँ गर्दा मुख छोप्नुहोस् ।’ उनले भनेका छन् ।
बलिउडका अन्य स्टार अमिताभ बच्चन, आयुष्मान खुराना, अक्षय कुमार, आलिया भट्ट, रणवीर सिंह, अजय देवगन, वरुण धवन, अनिल कपूर, माधुरी दीक्षित नेने, शिल्पा शेट्टी कुन्द्रा र अर्जुन कपूरले पनि एक दिन अघिमात्रै सचेतनात्मक भिडियो सेयर गरेका थिए ।
अनलाइन कन्सर्ट
चर्चित गायका सोनु निगम यतिखेर दुबईमा छन् । भारतीय टेलिभिजन एबिपीसँगको कुराकानीमा सोनुले दुबईमा सुरक्षित रहेको र घरबाट बाहिर ननिस्किएको जानकारी दिएका छन् । उनले भारत सरकारले गरेको जनता कर्फयुलाई समर्थन गरेका छन् । जनता कर्फ्यूको समर्थनमा सँगै सोनुले घरमै रहेका जनताका लागी अनलाइनमार्फत कन्सर्ट गरेर मनोरञ्जन दिने बताएका छन् ।
बिन्दास एल्ली
बलिउड अभिनेत्री एल्ली अवराम बेलाबेलामा आफ्नो स्टाइलबाट चर्चामा आउने गर्छिन् । अहिले कोरोना भाइरसको त्रासले घरमै बसिरहेकी एल्लीले आफ्नो स्टाइलका केहि तस्बिर सार्वजनिक गरेकी छिन् । बिकिनीमा खिचिएका तस्बिर सार्वजनिक गरेकी एल्ली निकै बिन्दास देखिन्छिन् । तस्बिर सार्वजनिक गर्दै एल्लीले लेखेकी छिन् ‘कसले भन्यो कि समुद्र किनारमा बिकिनी लगाउनु पर्छ । म पनि आफ्नो बालकोनीमा मजा लिने छु ।’
मास्कको साथमा सारा
अभिनेत्रस् सारा अली खानलाई सार्वजनिक ठाउँमा मास्क लगाएको अवस्थामा भेटिएको थियो । साथै उनी सैफ र करीनाको कान्छो छोरा तैमुर अली खान पनि साइकल चलाएको अवस्थामा तस्बिरमा देखिएका छन्। अभिनेत्री सारा वाराणसीबाट फर्किदै गर्दा एअरपोर्टमा भेटिएकी हुन् । सारा रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ र कार्तिक आर्यनको साथ ‘लव आज कल २’ मा देखिनेछिन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: