प्रियंका-निकको २० मिलियन डलरको नयाँ घरमा ७ बेडरुम र ११ बाथरुम..

Posted on: April 19, 2020
मुम्बई , एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री  प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय घरमै रमाउँदै आएका छन् । २०१८ डिसेम्बर १,मा हिन्दु र क्रिश्चियन परम्परा अनुसार दुई पटक विवाह गरेका यि जोडी आफ्ना निजी जीवनका तस्बिरहरु सामाजिक संजालमा शेयर गरेर चर्चामा आइरहेका हुन्छन् ।


हालै यि जोडीले अमेरिकाको लस एन्जल्समा एक नयाँ घर खरिद गरेको खबर भारतिय मिडियाले सार्वजनिक गरेको छ । उनीहरुले २० मिलियन डलरको घर खरिद गरेको मिडियाले जनाएको छ। नेपाली रुपैया २ अर्ब ३० करोड भन्दा बढीको उक्त नयाँ घरमा ७ बेडरुम, ११ बाथरुम, २० हजार स्कायर फिटमा फैलिएको स्वीमिङ पुल, खेलका लागि छुट्टाछुट्टै स्थान र जिमकोलागि छुट्टै एरिया रहेको मिडियाले बताएको छ । 









Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]