मुम्बई/(एजेन्सी)
बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधनपछि उनकी पत्नी नितु कपूरले उनको सम्झनामा सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन्। उनले तस्बिर शेयर गर्दै श्रद्धान्जली दिँदै निकै थोरै शब्दमा अुकुसमुकुस भएका धेरै भाव व्यक्त गरेकी छिन्। उनको यस शब्दले धेरैलाई भावुक बनाएको छ। लेखेकी छिन्: 'इन्ड अफ आवर स्टोरी' अर्थात ‘हाम्रो कथाको अन्त्य’। उक्त तस्बिरमा थुप्रै सेलिब्रेटी तथा उनीहरुका प्रशंसकहरुले सान्त्वना दिइरहेका छन्।
थुप्रै प्रशंसकका साथै कलाकारले पनि ऋषिलाई श्रद्धाञ्जली दिइरहेको छन्। ऋषिका छोरा रणवीर कपूरकी प्रेमिका अभिनेत्री आलिया भट्टले पनि ऋषि कपुरको निधनमा भावुक पोस्ट सेयर गरेकी थिइन्। उनको पोस्ट यस प्रकार रहेको छ:
नीतूले आलियाको पोस्टमा रियाक्ट गर्दै ‘लभ यू’ लेखेकी छिन्। ६७ वर्षको उमेरमा अप्रिल ३० मा रिलायन्स फाउन्डेशन अस्पतालमा अभिनेता ऋषि कपूरको निधन भएको हो। निधनपछि बलिउड उद्योग शोकमा डुबेको छ भने कपूर परिवार झन् ठूलो पीडाबाट गुज्रिरहेका छन्। भारतीय फिल्म क्षेत्रका सफल अभिनेता, फिल्म निर्माता तथा निर्देशक ऋषिको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा भएको थियो।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: